ad ad

कारोबार


कस्ता छन् नेपाल बैंकले ल्याएका कर्जा योजना?

कस्ता छन् नेपाल बैंकले ल्याएका कर्जा योजना?

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८१ बुधबार १४:१२, काठमाडौँ

नेपाल बैंक लिमिटेडले बजारको माग र चाहनाबमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्यून ब्याजदर ७.७० मा सर्वसुलभ आवास कर्जा ल्याएको छ। 

यसअन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जीर्णोद्वार तथा अन्य बैंकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्नेछन्। 

बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकी सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट दिएर ५ लाखदेखि अधिकतम २ करोडसम्म कर्जा उपलब्ध गराउने भएको हो।

यसका अतिरिक्त बैंकले ने.बै.लि. समृद्ध व्यवसाय कर्जा, ने.बै.लि. अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको छ। 

कर्जा सीमा १० करोडसम्म रहेको ने.बै.लि. समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत छ भने व्यावसायिक ग्राहकहरुले चालू पुँजी तथा स्थिर पुँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्नेछन्। 

त्यसैगरी नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखी बैंकले प्रवाह गर्ने ने.बैं.लि. अटो कर्जाको ब्याजदर हाल ७.७८ प्रतिशत छ।
 
बैंकले हाल नेपालभर २२९ शाखा, ६० एक्स्टेन्सन काउण्टर र २०५ एटीएम काउन्टरबाट सेवा सञ्चालन गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .