ad ad

कारोबार


विश्व बैंकको प्रतिवेदन भन्छ– नेपालमा सबैभन्दा कम बजार प्रतिस्पर्धा, व्यवसाय बन्द हुने धेरै

विश्व बैंकको प्रतिवेदन भन्छ– नेपालमा सबैभन्दा कम बजार प्रतिस्पर्धा, व्यवसाय बन्द हुने धेरै

नेपालगन्ज बजार। फाइल तस्बिर।


नेपालखबर
असोज १८, २०८१ शुक्रबार १३:३०, काठमाडौँ

विश्व बैंकले नेपालको सरकारी सेवा कमजोर रहेको देखाएको छ।

५० देशको अर्थतन्त्रको अध्ययन गरेको विश्व बैंकले नेपालसँग कार्यान्वयन क्षमता उच्च भए पनि सरकारी सेवा निकै असहज रहेको उल्लेख गरेको छ। 

‘डुइङ बिजनेस रिपोर्ट’को निष्पक्षतामा प्रश्न उठेपछि विश्व बैंकले ‘बिजनेस रेडी’सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो। 

यसमा व्यवसाय र लगानीको वातावरणसम्बन्धी सबै देशको तथ्यांक राखिएको छ।  

विश्व बैंकले ‘डुइङ बिजनेस रिपोर्ट’मा साना र मध्यमखालका व्यवसायको वातावरणको विषयलाई आधार बनाउने गरिएकोमा उक्त प्रतिवेदनमा निजी क्षेत्रको समग्र अध्ययन गरिएको छ। 

डुइङ बिजनेसले कम्पनीलाई नियामकीय भार बोकाएको र सार्वजनिक क्षेत्रको सेवामा बढी लक्षित गराएको उल्लेख थियो। ‘बिजनेस रेडी रिपोर्ट’ (बी रेडी)ले नियामकीय भारसँगै नियमनको गुणस्तर र सार्वजनिक सेवाका लागि नियमकीय व्यवस्थालाई आधार बनाएको छ। 

डुइङ बिजनेसमा ११ प्रश्नलाई आधार बनाएकोमा बी रेडीमा २१ वटा प्रश्नको उत्तरलाई विश्लेषण गरिएको छ। एउटा देशका १२०० सूचक केलाएर रिपोर्ट सार्वजनिक गरिएको छ। विज्ञसँगको परामर्श र कम्पनीहरुमा सर्भे गरी अध्ययन रिपोर्ट सार्वजनिक गरेको विश्व बैंकले उल्लेख गरेको छ। 

सबै सूचकलाई नियामकीय क्षेत्र, सार्वजनिक सेवा र कार्यान्वयन क्षमतासहित ३ वटा आधारस्तम्भमा विभाजन गरी हेरिएको छ। यसअन्तर्गत पहिलोमा कम्पनी खोल्ने प्रक्रिया, सञ्चालन तथा विस्तार र कम्पनी बन्द, बिक्री गर्दा पर्ने नीतिगत अप्ठ्यारालगायत समावेश छ। नियामकीय फे्रमवर्कमा नेपालले ५९.३४ अंक पाएको छ। नेपालभन्दा राम्रो नीतिगत व्यवस्था भएका मुलुकहरु कोलम्बियाको ७६.५०, बुल्गेरियाको ७६.३३, हङकङको ७२.४०, पाकिस्तानको ५९.१, इन्डोनेसियाको ६३.९८ र बंगलादेशको ५६ अंक छ। 

दोस्रो आधारस्तम्भमा सार्वजनिक सेवालाई लिइएको छ। यसमा सरकारले व्यावसायिक नियमन, सरकारी निकायहरुको अवस्था र व्यवसाय गर्न चाहिने भौतिक पूर्वाधारलाई विश्लेषण गरिएको छ। यसमा सरकारी निकायले दिने सेवा सुविधाको डिजिटलीकरणको अवस्था, कार्यालयहरुको आन्तरिक सञ्चालन सेवा र काम गर्दा पारदर्शिताको विषयलाई हेरिएको छ। 

सार्वजनिक सेवातर्फ नेपालले ४९.२९ अंक पाएको छ। विकसित मुलुकहरु सिंगापुरको ७०.४०, न्युजिल्यान्डको ६८.९१, हङकङको ६२.६४ हुँदा बंगलादेशको ४१.६४, इन्डोनेसियाको ६३.४४, पाकिस्तानको ४४.९७ र फिलिपिन्सको ५०.८० अंक छ। 

तेस्रो आधारस्तम्भ सरकारी नीतिनियमको कार्यान्वयन क्षमताको विषयमा छ। यसमा सरकारी नियम/कानुन र सरकारी निकायहरुले उपलब्ध गराएको काम गर्ने वातावरणबारे उल्लेख छ। नेपालले सञ्चालन पर्याप्तता (अपरेसन इफिसेन्सी)मा राम्रो अंक पाएको छ। ७२.२१ अंक राम्रो रहे पनि नीतिहरु राम्रो नरहेको उल्लेख छ। 

नेपालभन्दा राम्रो रहेको न्युजिल्यान्डको ७२.२१, हङकङको ७८.५२,  बंगलादेशको ७०.४९, इन्डोनेसियाको ६१.३१, पाकिस्तानको ६५.२० अंक रहेको छ।

नेपालमा कम्पनी खोल्दा गर्नुपर्ने अनलाइनको प्रयोग, व्यावसायिक वातावरण र लैंगिक पक्षलाई समेत हेरिएको छ। 

यसका लागि २० अंकलाई आधार बनाएर पहिलो, दोस्रो, तेस्रो, चौथो र अन्तिम गरी वर्ग विभाजन गरिएको छ।। पहिलो वर्गमा पर्नेको व्यावसायिक वातावरण राम्रो छ भने अन्तिममा हुने नराम्रो छ। 

विश्व बैंकको प्रतिवेदनअनुसार व्यवसाय प्रवेशमा नेपालले ६६.३६ अंक पाएको छ। त्यसैगरी व्यावसायिक ठाउँ ६०.५१ अंक, युटिलिटी सेवा  ६५.३९, श्रमिक ६५.७०, वित्तीय सेवा ७०.५८, अन्तर्राष्ट्रिय व्यापार ६६.७७, कर ५७.९९, विवाद समाधान ६४.४०, बजार प्रतिस्पर्धा ३३.०६ र व्यवसाय टाट पल्टिनेमा ५२.०४ अंक छ।        

१० सूचक हेर्दा दर्ता, विद्युत् आपूर्ति, वित्तीय सेवा, अन्तर्राष्ट्रिय व्यापार, श्रमिक, विवाद समाधानमा नेपालको राम्रो देखिए पनि बजार प्रतिस्पर्धा सबैभन्दा कम, व्यवसाय बन्द हुनेमा धेरै, व्यावसायिक ठाउँमा नेपाल कमजोर देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .