सरकारले विद्युतीय माध्यमबाट सञ्चालन हुने व्यापारसम्बन्धी ऐन नै बनाएर नियमन तथा प्रोत्साहन गर्ने भएको छ।
त्यसको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विधेयक निर्माण गर्ने भएको हो।
विधेयक निर्माण गर्न मन्त्रालयलाई मन्त्रिपरिषद्को बैंठकले सैद्धान्तिक सहमति समेत दिइसकेको छ।
यही भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
प्रतिक्रिया