कारोबार


युरोपका लागि छुट्यो बीवाईडी ईभी भरिएको पहिलो कार्गो पानीजहाज

युरोपका लागि छुट्यो बीवाईडी ईभी भरिएको पहिलो कार्गो पानीजहाज

बीवाईडी कार बोकेको पानीजहाज। तस्बिर : रोयटर्स


नेपालखबर
पुस २६, २०८० बिहिबार १५:२, काठमाडौँ

चिनियाँ विद्युतीय कार उत्पादक तथा बिक्रेता बीवाईडीका ईभी कारहरु बोकेको पहिलो कार्गो पानीजहाज युरोपका लागि चीनबाट छुटेको छ।  

कम्पनीले चार्टर गरेर आफ्ना विद्युतीय कारहरु पठाउन लागेको हो। 

ब्लुमबर्गका अनुसार द बीवाईडी एक्सप्लोरर नं. १ पानीजहाजले एकैपटक सात हजारवटा कार बोक्न सक्छ। उक्त जहाज चिनियाँ बन्दरगाह यान्ताईमा रोकिएर छुटेको छ। अब उक्त जहाज सेन्जेनमा रोकिएर युरोपको यात्रा तय गर्नेछ। 

जोडाइक मरिटाइम लिमिटेडले व्यवस्थापन गरेको उक्त जहाज बीवाईडीले भाडामा लिएको त्यसको निर्माता चाइना इन्टरनेशनल मरिन कन्टेनर्स ग्रुप कम्पनीले आफ्नो विच्याट खातामा पोस्ट गरेको छ। 

चीनको उत्कृष्ट बिक्रेता ब्रान्ड बीवाईडीले चीनबाहिर पनि आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको छ। गत वर्षको अन्तिम त्रैमासिकमा बीवाईडीले अमेरिकी धनाढ्य इलोन मस्कको टेस्लालाई उछिनेर नम्बर १ उत्पादक बिक्रेता बनेको थियो। 

चिनियाँ कार निर्माताहरुको पछिल्लो समय देखिएको बढ्दो उपस्थितिपछि युरोपेली संघले गत अक्टोबरमा कम्पनीहरुले पाउने सब्सिडीलाई लिएर अनुसन्धान थालेको थियो। 

उक्त जहाज चिनियाँ उत्तरपूर्वी प्रान्त शान्डोङस्थित बन्दरगाहबाट छुटेको थियो। दुई दिनअघि यान्ताईमा रोकिएपछि सेन्जेनका लागि छुटेको छ जहाँ बीवाईडीको मुख्यालय छ। त्यहाँबाट कारहरु थपेर युरोप हिँड्ने बताइएको छ। 

सीआईएमसीले उक्त जहाज चिनियाँ कार निर्यातका लागि बनाइएको पहिलो कार्गो जहाज भएको बताएको छ। यो जहाज दुईवटा ट्यांकीयुक्त छ जहाँ तरलीकृत प्राकृतिक ग्यास भण्डारण गरिएको छ। कार्बन उत्सर्जन घटाउन मुख्य इन्धनको रुपमा काम गर्ने गरी यसको डिजाइन गरिएको जहाज निर्माताले जनाएको छ। 

नयाँ मोडल आउँदै 
यता बुधबार बीवाईडीले नयाँ मोडल यू७ ल्याउने संकेत गरेको छ। आफ्नो सब–ब्रान्ड याङवाङले उक्त नयाँ कार ल्याउनलागेको हो। अत्यन्तै विलासी सेग्मेन्टमा ल्याउन लागेको उक्त कारको मूल्य १ लाख ४० हजार अमेरिकी डलर हुनेछ। 

नयाँ सेडानसँगै याङवाङको यू८ एसयूभी र सार्वजनिक हुन बाँकी रहेको यू९ गरी तीन मुख्य उत्पादन हुनेछ। कम्पनीले नोभेम्बरको अन्त्यतिर कार डेलिभरी सुरु गरेको थियो। डिसेम्बरमा कम्पनीले १ हजार ५ सय ९३ वटा मोडल शिपमेन्ट गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .