सीजी मोटर्सले नेपालको लागि पहिलो चरणका एक्स्पेङ सवारी साधनहरू केही दिनमै आउने जनाएको छ।
योसँगै कम्पनीले एक्स्पेङ जी ६ आगामी दसैँअगाडि नै वितरण गर्न भएको छ।
एक्स्पेङ जी ६ बुक गरेका ग्राहकहरूले ती गाडीहरू पाउनेछन्। कम्पनीका अनुसार यी सवारी साधनहरू चीनबाट प्रस्थान गरिसकेका र छिट्टै नेपालमा आउने अपेक्षा गरिएको छ।
सीजी मोटर्सले प्रारम्भिक पूर्वानुमानभन्दा धेरै बुकिङ गर्न सफल भएको थियो।
सीजी मोटर्सले ग्राहक सेवा प्रदान गर्ने र वितरण समयमा नै सुचारु गराउने प्रतिबद्धता जनाएको छ।
42
Shares
प्रतिक्रिया