कारोबार


हुँदै नभएका वडाको नाममा बजेट, ‍खोलै नभएका ठाउँमा पुल बनाउने घोषणा

हुँदै नभएका वडाको नाममा बजेट, ‍खोलै नभएका ठाउँमा पुल बनाउने घोषणा

सुनिता विष्ट
असार ५, २०८० मंगलबार १२:४१, हेटौँडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ल्याएको बजेट त्रुटीपूर्ण देखिएको छ।

हुँदै नभएको वडाका नाममा समेत करोडौँ रकम छुट्याइएको पाइएको हो। यतिसम्म कि खोला नै नभएको ठाउँमा पनि पुल बनाउने नाममा लाखौँ रकम छुट्याइएको छ।

प्रदेश सरकाले मकवानपुरका लागि छुट्याएको बजेट तथा कार्यक्रम विभाजन सूचीमा यस्तो देखिएको हो।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले हेटौँडा उपमहानगरपालिका २० र २२ वडालाई मोटरबाटोसँग जोड्न पुल निर्माण गर्ने नाममा १ करोड बजेट छुट्याइएको छ। रमाइलो त के भने हेटौँडामा १९ वटा मात्रै वडा छन्, बजेटमा भनिएका वडा अस्तित्वमै छैनन्। 

यसरी बजेट छुट्याउँदा ती दुई वडालाई नगरपालिका उल्लेख गरिएको छ। जबकि २०७४ सालमा हेटौँडा उपमहानगरपालिका भएको थियो। 

हेटौँडा उपमहानगरपालिका क्षेत्र नम्बर ३ को पोखरेनी कुकरेनीमा पुल निर्माण गर्न भनी ५० लाख बजेट विनियोजन भएको छ। जबकि मकवानपुरमा २ वटा मात्रै निर्वाचन क्षेत्र छन्।

आमभञ्ज्याङ गाविस र गढी गाविस अस्तित्वमै नरहेकोमा तिनको नाममा पनि बजेट छुट्याइएको छ। आमभज्याङ गाविस–३ र गढी गाविस–७ जोड्ने पुल निर्माणका लागि सिमलटार र सामरीमा दुईवटा पुल बनाउने भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .