बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्ममा ७४ अर्ब ७९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।
गत वर्ष सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ९८ अर्ब ६२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए।
गत वर्षको तुलनामा माघ मसान्सम्म वाणिज्य बैंकहरुको यस्तो कर्जा १८.५९ प्रतिशतले घटेको हो।
चालू आवको माघ मसान्तसम्म वाणिज्य बैंकले मात्र ५८ अर्ब २४ करोड ८ लाख, विकास बैंकले १२ अर्ब ६६ करोड र फाइनान्स कम्पनीले ३ अर्ब ८५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।
गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ८२ अर्ब ४४ करोड, विकास बैंकहरुले १२ अर्ब २६ करोड र फाइनान्स कम्पनीहरुले ३ अर्ब ९१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए।
२०७९/०८० को माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले २५ लाखसम्मको ७ अर्ब ७५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्।
यता २५ लाखदेखि ५० लाखसम्मको १२ अर्ब ६५ करोड, ५० लाखदेखि १ करोडसम्मको ११ अर्ब २२ करोड र १ करोडमाथिको ४३ अर्ब १६ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्।
गत वर्ष सोही अवधिमा २५ लाखसम्मको सेयर धितो कर्जा ८ अर्ब ५३ करोड, २५ लाखदेखि ५० लाखसम्मको १४ अर्ब ९२ करोड, ५० करोडदेखि १ करोडसम्मको १३ अर्ब ३ करोड र १ करोड बढीको ६२ अर्ब ११ करोड सेयर धितो कर्जा प्रवाह गरेका थिए।
गत वर्षको तुलनामा चालू आवको माघ मसान्तमा सबै खाले सेयर धितो कर्जा घटेको छ।
चालू आर्थिक वर्ष २०७९/०८० को साउनमा सेयरबजार १९१५ विन्दुमा थियो। बजार निरन्तर ओरालो लाग्दै असोज ९ गते न्यून १८१५ विन्दुमा झरेर पुनः पुस २५ गते २२११ विन्दु उक्लिएको थियो।
२२ सय विन्दुबाट पुन बजार ओरालो लाग्दै साढे १९ सय विन्दुमा झरेको छ। बजार निरन्तर घट्दो क्रममा रहेको हुँदा सेयर धितो कर्जा बढेको देखिँदैन।
चैतदेखि कर्जाको प्रिमियम दर १ प्रतिशतले विन्दु घटाएसँगै सेयर धितो कर्जा बढ्न सक्ने आकलन गरिएको छ ।
कुन वाणिज्य बैंकले कति दिए सेयर धितो कर्जा?
चालू आर्थिक वर्षको माघ मसान्तमा ५८ अर्ब २४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। माघ मसान्तमा सबैभन्दा धेरै प्रभु बैंकले सेयर धितो कर्जा प्रवाह गरेको छ।
प्रभु बैंकले माघ मसान्सम्म ४ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। त्यसैगरी नेपाल बैंकले माघ मसान्सम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब २५ करोड, नबिल बैंकले ७ अर्ब ६८ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब १ करोड, नेपाल एसबीआई बैंकले २ करोड ७ लाख, एभरेष्ट बैंकले ७१ करोड ३ लाख, एनआईसी एसिया बैंकले १ अर्ब २५ करोड, माछापुच्छ्रे बैंकले ६८ करोड ५ लाख र कुमारी बैंकले ३ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ।
साथै, लक्ष्मी बैंकले २ अर्ब २६ करोड, सिद्धार्थ बैंकले ३ अर्ब ६५ करोड, कृषि विकास बैंकले १ अर्ब १६ करोड, ग्लोबल आईएमई बैंकले ६ अर्ब ३४ करोड रुपैयाँ, सिटिजन्स बैंकले ३ अर्ब ८५ करोड, प्राइम कमर्सियल बैंकले ३ अर्ब १० करोड, सनराइज बैंकले १ अर्ब ७७ करोड, एनएमबी बैंकले १ अर्ब ४३ करोड, प्रभु बैंकले ४ अर्ब २१ करोड, हिमालयन बैंकले ३ अर्ब २८ करोड रुपैयाँ र सानिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ।
Shares
प्रतिक्रिया