ad ad

कारोबार


नेपाल बैंकमा क्यास काउन्टरबाट पैसा जम्मा गर्ने बाध्यता हट्यो, नगद निक्षेप मेसिन सञ्चालनमा

नेपाल बैंकमा क्यास काउन्टरबाट पैसा जम्मा गर्ने बाध्यता हट्यो, नगद निक्षेप मेसिन सञ्चालनमा

नेपालखबर
भदौ २७, २०८१ बिहिबार १२:१४, काठमाडौँ

नेपाल बैंकले न्युरोड, धर्मपथ, काठमाडौंमा रहेको आफ्नो मुख्य शाखा काठमाडौं बैंकिङ अफिसमा पहिलो नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको छ।

बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिँदै लगिने जनाएको छ।

नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको छ।  

हाल बैंकले आफ्नो २२९ शाखा, ५९ एक्स्टेन्सन काउन्टर र २०४ एटीएम काउन्टरबाट सेवा प्रदान गरिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .