कारोबार


टोयोटाको विश्वव्यापी कार बिक्री दर घट्यो

टोयोटाको विश्वव्यापी कार बिक्री दर घट्यो

नेपालखबर
फागुन १५, २०७९ सोमबार १८:३९, टोकियो

टोयोटा कारको विश्वव्यापी बिक्री दर जनवरीमा लगातार दोस्रो महिना पनि कम देखिएको छ। 

टोयोटा मोटर कर्पोरेसनले सोमबार आफ्नो जनवरीको विश्वव्यापी कार बिक्रीमा ५.६ प्रतिशतले कमी आएको जानकारी गराएको छ। 

जापानको आइची प्रिफेक्चरमा मुख्य कार्यालय रहेको कार कम्पनीले रिपोर्टिंग अवधिमा यसको बिक्री कूल सात लाख नौ हजार ८७० युनिट भएको बताएको छ। 

सेमीकन्डक्टरको अभावले विश्वभरका अटोमेकरहरूलाई पिरोलिरहेको समय जापान र विश्वको सबैभन्दा ठूलो कार कम्पनी टोयोटा यसको अपवाद बन्न नसकेको कम्पनीले जनाएको छ। 

प्रियस हाइब्रिड र कोरोला सेडान मोडलको निर्माता कम्पनीले रेकर्डिङ अवधिमा विदेशमा यसको बिक्री ९.७ प्रतिशतले घटेर पाँच लाख ७९ हजार ६५२ युनिटमा झरेको जनाएको छ। 

टोयोटाका अनुसार जनवरीमा उत्तर अमेरिकी र चिनियाँ बजारमा बिक्रीमा उल्लेखनीय गिरावट आएको छ। 

यसैबीच, टोयोटाले जापानमा कार निर्माता यस कम्पनीको बिक्री १८.० प्रतिशतले बढेर एक लाख ३० हजार २१८ युनिट पुगेको बताएको छ। 

आफ्नो लोकप्रिय हाइल्यान्डर एसयूभीका लागि चिनिने टोयोटाले रेकर्डिङ अवधिमा उत्पादनमा वृद्धि देखेको छ र विश्वव्यापी उत्पादन ८.८ प्रतिशतले बढेर ६ लाख ८९ हजार ९० युनिट पुगेको छ। 

टोयोटाका अनुसार दुई लाख ११ हजार ५७२ युनिटको उत्पादन ३० प्रतिशतले बढेको छ। उत्तरी अमेरिका र युरोपमा ठोस वृद्धिले विदेशी उत्पादन १.४ प्रतिशतले बढेर चार लाख ७७ हजार ५१८ युनिट पुगेको छ। टोयोटाले फेब्रुअरीमा सात लाख ५० हजार युनिट उत्पादन हुने प्रक्षेपण गरेको छ भने मार्चमा नौ लाख गाडी उत्पादन हुने अनुमान गरेको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .