कारोबार


तोलामा ४ सयले बढ्यो सुन, चाँदी १० रुपैयाँ महंगो

तोलामा ४ सयले बढ्यो सुन, चाँदी १० रुपैयाँ महंगो

नेपालखबर
असार १३, २०७९ सोमबार ११:२९, काठमाडौँ

सुनको मूल्य आज बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ महंगो भएको हो। 

अघिल्लो दिन ९७ हजार ३ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सुन आज ९७ हजार ७ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुन पनि आज सोही दरले बढेको छ। 

आइतबार ९६ हजार ८ सय रुपैयाँ तोलामा कारोबार भएको तेजाबी सुन आज ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। 

आज चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोलाले बढेको छ। योसँगै आज चाँदी १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .