सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।
छापावाल सुन उक्त मूल्यमा कारोबार हुँदा तेजाबी सुन १ लाख ४६ हजार २ सय रुपैयाँ पुगेको छ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। योसँगै चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४०५ अमेरिकी डलर र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
336
Shares
प्रतिक्रिया