कारोबार


अध्यादेशबाट आयो कोशी प्रदेशको बजेट, कांग्रेस र माओवादीसहितले गरे बहिष्कार

अध्यादेशबाट आयो कोशी प्रदेशको बजेट, कांग्रेस र माओवादीसहितले गरे बहिष्कार

कोशी प्रदेशको बजेट वक्तव्य कार्यक्रम


नेपालखबर
जेठ ३२, २०८० बिहिबार १७:२०, काठमाडौँ

नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अध्यादेशबाट बजेट ल्याएको छ।

बिहीबार बिहान प्रदेश प्रमुख परशुराम खापुङले बजेटका लागि दुई अध्यादेश जारी गरेसँगै मुख्मन्त्री हिक्मत कार्कीले वाचन गरिरहेका छन्। 

तर बजेट सार्वजनिक कार्यक्रमलाई विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बहिष्कार गरेका छन्।

अल्पमतमा परिसकेको सरकारले विश्वासको मत लिन छाडेर संसद्लाई छल्दै अध्यादेशमार्फत बजेट ल्याएको आरोपसहित विपक्षी दलहरु बहिष्कारमा उत्रिएका हुन्। 

अहिले कोशीमा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट वाचन गरिरहेका छन्। 

कार्कीले आर्थिक मामिला मन्त्रालयमा बजेट सार्वजनिक गरिरहेका छन्। त्यहाँ मन्त्रीहरू, एमाले र राप्रपाका सांसद, मन्त्रालयका सचिवहरू, उद्योगी, व्यापारीहरुको उपस्थितिमा बजेट वाचन गरिरहेका छन्। 

बुधबार बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

तर उक्त नीति तथा कार्यक्रममा छलफल नगरी संसद्‍ अधिवेशन अन्त्य गर्दै अध्यादेशमार्फत बजेट ल्याउने निर्णय सरकारले गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .