नेपाली क्रिकेट टोलीले खेल्ने एसिया कप पाकिस्तान र श्रीलंकामा हुने भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बिहीबार एकदिवसीय एसिया कप २०२३ आगामी अगष्ट ३१ देखी १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने जानकारी दिएको हो।
एशिया कपका चार खेल पाकिस्तान र ९ खेल श्रीलंकामा हुने छ। भारत पाकिस्तान जाने नभएपछि श्रीलंकामा ९ खेल हुने एसीसीले जनाएको छ।
एसिया कपको समूह ए मा नेपाल, भारत र पाकिस्तान छन्। समूह बी श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।
नेपाली टोलीले घरेलु मैदानमा एसिसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो।
नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्नेछ। यसअघि भारत–पाक विवादका कारण एसिया कप अन्यौलमा पर्दै आएको थियो।
33
Shares
प्रतिक्रिया