ad ad

कारोबार


अहिलेसम्मकै महँगो मूल्यमा ठेक्का लाग्यो देशकै सबैभन्दा ठूलो सरकारी बगैँचाको लिची

अहिलेसम्मकै महँगो मूल्यमा ठेक्का लाग्यो देशकै सबैभन्दा ठूलो सरकारी बगैँचाको लिची

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार ८:४२, काठमाडौँ

सर्लाहीको लालबन्दीस्थित उष्ण प्रदेशीय बागबानी केन्द्रको लिची २७ लाख रुपैयाँमा ठेक्का लागेको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो। 

देशकै सबैभन्दा ठूलो सरकारी बगैँचा बागबानी केन्द्रमा ६२१ वटा लिचीका बोट छन्। जहाँ ८ प्रजातिका लिची फल्छन्। यस वर्ष फूल खेल्ने बित्तिकै केन्द्रले लिची बगैँचा ठेक्का लगाएको हो।

यस वर्षको लागि ६ सय २१ बोट लिची २७ लाख १५ हजार रुपैयाँमा ठेक्का लागेको केन्द्रका प्रमुख रामकुमार यादवले जानकारी दिए। 

‘लिचीको यो ठेक्का रकम अहिलेसम्मकै सबैभन्दा धेरै हो,’ केन्द्रप्रमुख यादवले नेपालखबरसँग भने, ‘यहाँको लिची अहिलेसम्म २२ लाख भन्दा माथि ठेक्का लागेको थिएन। यस वर्ष हामीले २७ लाख भन्दा धेरैमा ठेक्का लगाएका छौँ। यो हाम्रो टिमवर्कको प्रतिफल हो।’

विगतका वर्षमा उदारोमा ठेक्का लाग्दै आएको लिची यस वर्ष नगदमै ठेक्का लागेको उनले बताए। 

‘विगतमा एकपटक २२ लाख रुपैयाँमा लिची ठेक्का लागेको देखिन्छ,’  उनले भने, ‘यसवर्ष हामीले ठेक्का लगाउँदा सबै रकम ठेकेदारसँग लिएका छौँ। २७ लाख १५ हजार रुपैयाँ हाम्रो राजस्वमा दाखिला भइसक्यो।’ 

मल, पानीको व्यवस्थापन, गोडमेलसहितको स्याहारको कारण बागबानीमा यस वर्ष लिचीको उत्पादन पनि बढ्ने अनुमान गरिएको उनले बताए।

करिब ३ सय बिघा क्षेत्रफलमा फैलिएको बागबानी केन्द्रमा करिब ६ हजार आँप र ६२१ वटा लिचीका बोट छन्। केन्द्रमा आँपका मात्रै ३५ प्रजातिका बोट छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .