ad ad

कला


को हुन् गायिका एलिना चौहानका प्रेमी विष्णु?

को हुन् गायिका एलिना चौहानका प्रेमी विष्णु?

नेपालखबर
फागुन २५, २०७९ बिहिबार १७:३२, काठमाडौँ

पछिल्लो पुस्ताकी चर्चित गायिका एलिना चौहानको प्रेम सार्वजनिक भएको छ। सांगीतिक कार्यक्रममा व्यस्त रहेकी चौहान हाल अष्ट्रेलियामा छिन्। उनी अष्ट्रेलियामानै रहेका नेपाली युवाको प्रेममा रहेको खुलेको छ। 

बाग्लुङका विष्णु सापकोटा र गायिका चौहान प्रेममा रहेको खबर सार्वजनिक भएको हो। विष्णु गीतका सर्जकका साथै गायक पनि हुन्।

अष्ट्रेलियामा ब्यवसाय गर्दै आएका उनले त्यहि रहेका नेपाली युवासँग मिलेर ‘मायालु इन्टरटेन्डमेन्ट’ नामको संस्था चलाउँदै आएका छन्। यहि संस्थाको व्यानरमा अष्ट्रेलियामा उनीहरुले सांगीतिक कार्यक्रम गर्दै आएका छन्। 

विष्णुकै संयोजकत्वमा अष्ट्रेलियामा हुन लागेको सांगीतिक कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया पुगेकी एलिनाले विष्णुसँग बनाएका टिकटक लगातार अप्लोड गर्दै आएकी छिन्।

गएको भदौमा तीजको कार्यक्रमका लागि अष्ट्रेलिया गएको समयमा एलिना र विष्णुबीच भेटघाट भएको थियो। विष्णुसँगको एउटा टिकटक भिडियोमा एलिनाले #albisa55 ह्यासट्याग लेखेकी छन्। दुईजनाको नाम जोडेर उनले यो ह्यासट्याग बनाएको चर्चा सुरु भएको छ।

विष्णुले एलिनासँग गीत गाउनुका साँथै म्यूजिक भिडिओमा समेत अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .