नारायण खातीले निर्माण गरेको फिल्म ‘नम्बरी सुन’को पहिलो गीत रिलिज गरिएको छ।
सार्वजनिक फिल्मको शिर्ष गीतमा राजेश पायल राइ र शान्ती श्री परियारलाई सुन्न सकिन्छ। नारायण खातीले नै लेखेको गीतमा सन्तोष श्रेष्ठले संगीत गरेका छन्।
गीतको भिडिओमा गौरवले बिहेका लागि नम्रता सापकोटालाई फकाइरहेका छन्। 'नबिर्सिने गुण' लगाइदिने बताइरहेका छन्। 'नम्बरी सुन, लाइदिऊँ कि मायालाई नबिर्सिने गुण,' बोलमा गौरवले नम्रतालाई फकाइरहेको दृष्य गीतमा देख्न सकिन्छ।
दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्ममा शिवम अधिकारीको कथा तथा पटकथा छ। यो फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालले फिल्म निर्माणमा नारायणसँग सहकार्य गरेका छन्।
यो जोडीका साथमा सरोज खनाल, वुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी लगायतका कलाकार फिल्ममा देखिने छन्।
भदौ १ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म राजु गिरीले निर्देशन गरेका हुन्।
भिडिओ
Shares
प्रतिक्रिया