ad ad

कला


गायक प्रमोद खरेलको स्वरमा ‘उद्यमी’ सार्वजनिक

गायक प्रमोद खरेलको स्वरमा ‘उद्यमी’ सार्वजनिक

नेपालखबर
असोज ७, २०८१ सोमबार १७:२३, काठमाडौँ

गायक प्रमोद खरेलको स्वरमा ‘उद्यमी’ बोलको गीत सार्वजनिक भएको  छ। युवा व्यवसायी संगीत गैरेको शब्द र संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन्।   

भिडिओमा संगीत स्वयंमले अभिनय गरेका छन्।          

यसको भिडिओ पनि उनकै कथा र निर्देशनमा बनेको हो। विभिन्न सपना बोकेर गाउँबाट सहर छिरेको युवाले नयाँ ठाउँमा गरेको मेहनत र पाएको सफलतालाई भिडिओमा देखाइएको छ।

‘म व्यवसायिक कलाकार त होइन्। युवाहरूलाई स्वदेशमै केही गर्न प्रोत्साहन मिलोस् भन्ने सोचले यो गीत बनाएको हुँ,’ संगीतले भने, ‘आफ्नै कथामा गीत बनाएकाले भिडिओमा पनि आफै अभिनय गरेँ।’

भिडिओलाई दीपक गिरीले छायांकन, अमृत चापागाईँले सम्पादन गरेका हुन्। ‘श्रीधर अधिकारी’ युट्युब च्यानलबाट भिडिओ सार्वजनिक गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .