ad ad

कला


विदेशमा पनि ‘नाङ्गो गाउँ’को प्रचुर माग

विदेशमा पनि ‘नाङ्गो गाउँ’को प्रचुर माग

नेपालखबर
जेठ १८, २०८० बिहिबार १२:४५, काठमाडौँ

निर्माण घोषणाबाटै चर्चामा रहेको फिल्म हो- ‘नाङ्गो गाउँ।’

यस फिल्ममा दर्शकले रुचाएको दयाहाङ राई र मिरुना मगरको जोडी तेस्रो पटक देखिने तयारीमा छ। त्यसैले पनि निर्देशक दीपेन्द्र लामाले दया र मिरुनालाई लिएर फिल्म निर्माण घोषणा गरेसँगै फिल्मको चर्चा सुरु भयो।

यो फिल्म छायांकन भइरहँदा सिनेमा घरमा दया र मिरुना अभिनित अर्को फिल्म ‘जारी’ प्रदर्शन भइरहेको थियो। ‘जारी’ बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भयो। त्यो भन्दा धेरै दर्शकले मिरुना र दयाको जोडीलाई मन पराए।

आगामी भदौ २९ गतेबाट यसै जोडीले अभिनय गरेको फिल्म ‘नाङ्गो गाउँ’ मार्फत दर्शकमाझ आउने तयारीमा छ।

फिल्म निर्माण टिमले फिल्मको प्रचार सुरु गरेकै छैन। फिल्मको पहिलो पोस्टर पनि सार्वजनिक गरिएको छैन। तर  फिल्मको अमेरिका तथा क्यानडाको राइट्स अत्यधिक मूल्यमा विक्री भएको छ। यो फिल्म अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी शहरमा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ।

फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्ने भएको छ।। नेपाल इलेभेनका प्याट्रिक सुवेदीले अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा बढी शोको टुंगो लागेको जानकारी दिएका छन्।

फिल्म ‘जारी’पछि अमेरिकामा सबैभन्दा धेरै माग भएको फिल्म ‘नाङ्गो गाउँ’ रहेको सुवेदीले बताए। दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्ममा दया र मिरुनाका साथमा कर्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारले अभिनय गरेका छन्।

हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठले लगानी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .