मे २३ देखि प्रदर्शनमा आएको बलिउड चलचित्र 'सिर्फ एक बंदा काफी' है यतिबेला भारतमा मात्रै होइन, नेपाललगायत छिमेकी मुलुकमा पनि चर्चामा छ। नेपालमा धेरै फिल्मप्रेमीले उक्त कथालाई नेपाली समाजवमा घटेका दुई 'सेलिब्रेटी' घटनासँग जोडेर हेरिरहेका छन्।
उक्त फिल्म आसाराम बापुको जीवनमा आधारिच फिल्म हो। उनलाई सन् २००१ देखि २००६ सम्म पश्चिम भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा महिलाहरूलाई दुर्व्यवहार गरेको आबरोप छ। ८१ वर्षका बापु सन् २०१८ मा एक १६ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा आजीवन जेल सजाय सुनाइएपछि हाल जेलमै छन्।
उक्त फिल्ममा अभिनेता मनोज बाजपेयीले बाजपेयीले यस मुद्दासँग सम्बन्धित वकिल पीसी सोलांकीको भूमिका निभाएका छन्।
फिल्मलाई लिएर धेरै विवादहरू पनि आएका छन्। यतिबेला वकिल सोलांकी स्वयंले पनि फिल्मलाई लिएर आपत्ति जनाउँदै अदालत पुगेका छन्।
पेशाले वकिल रहेका पीसी सोलांकी राजस्थानको जोधपुर सहरको उम्मेद चोक नजिकैको साँघुरो गल्लीमा रहेको घरमा ८२ वर्षीया आमा र १५ वर्षीय छोरासँग बस्छन्। सामान्य कद र सरल स्वभावका पीसी सोलांकी फिल्मलाई लिएर निकै आक्रोशित छन्। उनी भन्छन्, 'फिल्ममा यस्ता धेरै कुरा भनिएको छ, जुन सत्य होइन।'
फिल्मको सम्झौतामा आफूले बायोपिक र जीवन कथाको लागि मात्रै अधिकार दिएको उनको भनाइ छ। र, फिल्ममा आफ्नो जीवन र बाल्यकालसँग जोडिएको केही नसमेटिएकोमा पनि उनी असन्तुष्ट छन्। 'मैले लडेको मुद्दालाई लिएर यो फिल्म बनेको हो। यसमा मेरो नाम पनि प्रयोग गरिएको छ,' उनी भन्छन्, 'फिल्म सम्झौताका सबै शर्त उल्लङ्घन गरी बनाइएको छ, त्यसैले अदालतमा मुद्दा दायर गरेको छु।'
उनी भन्छन्, 'फिल्मपछि जोधपुरको अदालतमा आसाराम बापुलाई रावण भनिएको पिटिशन परेको छ। तर, मैले उनलाई यो पूरै मामिलामा त्यस्तो केही भनेको छैन।'
Shares
प्रतिक्रिया