युवा पुस्तामा लोकप्रिय एन्डभेन्चर रियालिटी शो ‘रोडिज’को पाँचौँ शृंखला साउन ८ गतेदेखि प्रसारणमा आउने भएको छ।
हिमालय टिभीले ‘रोडिज’को पाँचौँ सिजन हरेक सोमबार राति ८ बजे देखि १० बजे सम्म प्रसारण गर्ने जनाएको छ।
कार्यक्रम हिमालय टिभी एचडी र हिमालय प्रिमियम दुवै च्यानलबाट एक साथ प्रसारण हुनेछ। यो कार्यक्रम रिटेलिकाष्ट भने हप्ताको ३ पटक हुनेछ।
‘रोडिज’को पाँचौँ सिजनबाट नयाँ होस्टका रूपमा सुरजसिंह ठकुरी भित्रिएका छन्। यो सिजनमा नयाँ ग्याङ लिडरका बनेर अभिनेत्री प्रियंका कार्की भित्रिएका छन्।
पावर अफ फाइभ थिमसहित सुरु हुन लागेको यो शोमा आशिष राना लाउरे, अनुपविक्रम शाही र दिया मास्के ग्याङ लिडरका रुपमा दोहोरिएका छन्। शोलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन्।
12
Shares
प्रतिक्रिया