गायक तथा संगीतकार सीडी विजय अधिकारी नयाँ गीत ‘चरी’ लिएर स्रोतामाझ आएका छन्।
सार्वजनिक गीत जीवनदास सुनारले लेखेका हुन्। गीतमा सीडी आफैंले संगीत गरेका छन्।
गीतको भिडिओ पनि सार्वजनिक भएको छ। भिडिओ निर्देशन पहिल कार्कीले निर्देशन गरेका हुन्।
प्रेमकथामा आधारित भिडिओमा बिना राउत र कमल सिंहले अभिनय गरेका छन्। उत्तम हुमागाईंले खिचेको भिडिओ माधव बेलबासेले सम्पादन गरेका छन्।
सन्तोष राजवाहकले कोरियोग्राफी गरेका छन्। यसअघि सीडीले समीक्षा अधिकारीको स्वरमा ‘म चन्द्रमा हुँ’ गीत बोलको गीत सार्वजनिक ल्याएका थिए। उक्त गीत निकै लोकप्रिय बनेको थियो।
66
Shares
प्रतिक्रिया