कला


दर्शकले मन पराए ‘धुर्मुस–सुन्तली’को वेब फिल्म ‘म त मर्छु कि क्या हो’ (भिडिओ)

दर्शकले मन पराए ‘धुर्मुस–सुन्तली’को वेब फिल्म ‘म त मर्छु कि क्या हो’ (भिडिओ)

नेपालखबर
असार २४, २०८० आइतबार १४:२१, काठमाडौँ

सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरेको वेब फिल्म ‘म त मर्छु कि क्या हो’ ले युट्युबमा राम्रो भ्युज पाइरहेको छ। 

१२ दिनअघि सार्वजनिक उक्त फिल्मले आइतबार दिउँसो २ बजेसम्म २१ लाखभन्दा बढी भ्युज पाइसकेको छ। दर्शकबाट प्रतिक्रिया पनि राम्रा आइरहेका छन्। 

२ घण्टा लामो फिल्ममा सीताराम र कुञ्जना धुर्मुस र सुन्तलीकै भूमिकामा छन्। 

फिल्मका अन्य कलाकारमा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदीप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापा छन्। धुर्मुस र सुन्तलीकै लेखन तथा निर्देशनमा बनेको फिल्म सुदीप बरालले छायांकन तथा मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

कोरोना महामारीका बेला चितवन आसपास छायांकन गरिएको ‘म त मर्छु कि क्या हो’ फिल्म ओटीटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि  युट्युबमा सार्वजनिक गरिएको हो। 

हेर्नुहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .