ad ad

खेल


गोकर्णेश्वरलाई ललितपुर महानगरले हान्यो ७ गोल

गोकर्णेश्वरलाई ललितपुर महानगरले हान्यो ७ गोल

नेपालखबर
असार २४, २०८० आइतबार १४:३२, काठमाडौँ

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरले जितेको छ। शनिबार कपनस्थित कपअन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा गोकर्णेश्वर नगरपालिकालाई ७–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो। 

उपाधिसँगै ललितपुर महानगरपालिकाले दुई लाख प्राप्त गरेको छ। गोकर्णेश्वरले भने एक लाखमै चित्त बुझायो।

ललितपुरलाई उपाधि दिलाउन मनिस खड्का एक्लैले ६ गोल गरे। सुयोग थापाको नाममा एक गोल रह्यो। गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङ एक–एक गोल गरे।

मैदानमा उत्कृष्ठ तालमेल देखाएको गोकर्णेश्वरले पहिलो हाफमा ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको थियो। यद्यपि, दोस्रो हाफमा ललिपुरले एकलौटी गोल थप्दै उपाधि जित्यो। 

अफिसियलहरुलाई आयोजक राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष छितिज थेबे लगायत पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए। 

राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य युवा, स्वास्थ्य समाज भन्ने नाराका साथ उपत्यकाका युवाहरुबीच फुटसल प्रतियोगिताको आयोजना गरेको हो। 

फाइनल खेलमा उपत्यकाका विभिन्न २१ पालिका टोलीहरुको सहभागिता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .