फाल्गुनन्द लिङ्देन फिल्मको आयोजनामा फिल्म, म्युजिक भिडियो र पालामको संयुक्त ‘एफएलएफ अवार्ड २०८०’ सम्पन्न भएको छ।
कला निर्देशकमा विश्व मुखिया र कलाकार इन्द्र शेर्पालाई सम्मान गरियो।
राष्ट्रिय नाँचघरमा आयोजित कार्यक्रममा यस वर्षको एफएलएफ अवार्ड लाइफ टाइम अचिभमेन्ट गीतकार तथा संगीतकार रिता फोम्बो ठूलीलाई दिइएको छ। पालाम भिडिओबाट मोडल पुष्पाञ्जली लिम्बु, विमला खजुम, रुद्र पाहिम, शेलेन्द्र नाल्बो, गायक शम्भु फोम्बो, जीवन केदेम, डीआर हाङसरुम्बा, गायिका रुक्साना लिम्बु, निरन्ता नेम्बाङ, शब्द तथा लय संकलनमा शैलेन्द्र नाल्बो र विपन तावालाई अवार्ड दिइयो।
पालाम विधामा हाङ चेम्जङ र म्युजिक भिडिओबाट सागर केरुङले उत्कृट निर्देशनको अवार्ड जिते। छायांकन सम्पादनको अवार्ड बीबी लिम्बुले प्राप्त गरे भने सर्वोत्कृष्ट फिल्म र भिडिओतर्फ ‘रीत’ र ‘इच्छिङमा’ले अवार्ड प्राप्त गरे।
अभिनेत्री लक्ष्मी योङहाङ, अभिनेता टिकाराम लिम्बु, गायीका मेचु धिमाल, गायक सुसन साम्सोहाङ, संगीतकार मान तबेबुङ र निर्देशक टिकाराम लिम्बु माखिमले अवार्ड जिते।
अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बु भाषाविद याशेली योङहाङ र गायक तथा संगितकार कुल्बा सुब्बा जुरी थिए।
Shares
प्रतिक्रिया