विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘रातो सुटकेस’ छनोट भएको छ।
फिडेल देवकोटाले निर्देशन गरेको यो फिल्म भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधामा छनोट भएको हो। विश्वकै पुरानो मानिने भेनिस फेस्भिलको ८०औं संस्करण हुन लागेको हो।
वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथा भन्ने ‘रातो सुटकेस’को कथा फिडेल स्वयंले लेखेका हुन्। रामकृष्ण पोख्रेलको निर्माण रहेको ‘रातो सुटकेस’ विदेशी निर्माता र छायांकारबिनै भेनिसमा छानिने पहिलो फिल्म बनेको छ।
फेस्टिभलमा पुगेका फिल्महरूको इतिहास हेर्ने हो भने अधिकांश फिल्ममा डीओपी विदेशी हुन्छ। नेपालको प्रतिनिधित्व गरेर यसअघि भेनिस पुगेका ‘कालो पोथी’ र ‘सेतो सूर्य’ दुवैमा निर्माता तथा छायांकार विदेशी थिए।
भेनिसमा पहिलोपटक मीनबहादुर भामको लघु फिल्म ‘बाँसुल्ली’ले नेपालको प्रतिनिधित्व गरेको थियो।
इटलीको भेनिस सहरमा हुने फेस्टिभलको ८०औँ संस्करण अगस्ट ३० मा सुरु भएर सेप्टेम्बर ९ सम्ममा सम्पन्न हुने छ।
Shares
प्रतिक्रिया