भदौको १ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘हिँड्दा हिँड्दै’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा प्रेम, विछोड र मित्रताको कथा देखाइएको छ। फिल्मको कथा आकाश श्रेष्ठ, सलोन बस्नेत र नव–कलाकार रेखा शाह वरिपरी घुमेको छ।
नारायण सुशिल पंगेनी इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो फिल्म मिलन आले मगरले निर्देशन गरेका हुन्। विमल श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा राज लामाले लगानी गरेका छन्।
सुशिल पंगेनीको लेखन, प्रमोद कुमार तामाङ र महादेव शाहको सह–लगानी छ।
फिल्ममा सानिया खान, विशाल श्रेष्ठ, विकास थापामगर, विमल श्रेष्ठले पनि अभिनय गरेका छन्।सुमन कुमार तण्डुकारको छायांकन रहेको फिल्ममा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, गौतमराज खड्काको सम्पादन, किरण माइकल र ताराप्रकाश लिम्बुको संगीत छ।
Shares
प्रतिक्रिया