ad ad

कला


गायक शिव परियारको नाममा फेक अकाउन्टबाट लाइभ, फेसबुकमा रिपोर्ट गर्न अनुरोध

गायक शिव परियारको नाममा फेक अकाउन्टबाट लाइभ, फेसबुकमा रिपोर्ट गर्न अनुरोध

नेपालखबर
साउन १८, २०८० बिहिबार २१:३, काठमाडौँ

गायक शिव परियारले २ दिनयता आफ्नो नाममा फेक अकाउन्टबाट लाइभ भइरहेको उल्लेख गर्दै ती सामग्री सेयर, लाइक तथा त्यसमा कमेन्ट नगर्न आफ्ना प्रशंसक तथा शुभचिन्तकलाई अनुरोध गरेका छन्। बरु त्यस्ता (फेक) अकाउन्टविरुद्ध रिपोर्ट गरेर बन्द गराउन उनले अपिल गरेका छन्। 

‘प्रिय दर्शक/स्रोतहरू विगत दुई दिनदेखि मेरो नाम र पुरानो लाइभ भिडिओ दुरुपयोग गरी फेसबुकमा स्क्याम चलाइरहेको पाएँ, कलाकारका नाममा फेक आईडी बनाएर, कलाकारकै फोटो/भिडिओ दुरुपयोग गरी स्क्याम चलाइरहेको तपाईंहरूले भेट्नुभयो भने कृपया त्यस्ता अकाउन्टका सामग्री सेयर नगर्नुहोस्, लाइक नगर्नुहोस्, कमेन्ट नगर्नुहोस्’, बिहीबार विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘बरु त्यस्ता अकाउन्टलाई रिपोर्ट गरेर बन्द गर्नुहोस्।’ 

आफ्नो रियल अकाउन्टमा नीलो टिक हुने जानकारी गराउँदै गायक परियारले अन्य (फेक) अकाउन्टबाट गरिने स्क्याम लाइभलाई नपत्याउन अनुरोध गरेका छन्।  

‘रियल अकाउन्टको नामको दायाँ साइडमा नीलो टिक चिह्न हुन्छ, तर फेक अकाउन्टबाट गरिने यस्ता स्क्याम लाइभमा साइडमा पैसाको बिटो देखेर हतारहतार कमेन्ट गर्ने, लिंक ज्वाइन गर्दा यसको असर प्रत्यक्ष  रूपमा तपाईंलाई पर्नसक्ने छ’, सजग गराउँदै उनले विज्ञप्तिमा लेखेका छन्, ‘मेरा शुभचिन्तकहरूमा सावधानी अपनाई यस्ता कुराहरूबाट बच्न अनुरोध गर्दछु। यस्ता प्रोफाइललाई फेक भनी फेसबुकमा रिपोर्ट गर्नुहोस् र फेरि पनि अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .