ad ad

कला


बिदुर खड्काको तीज गीत ‘गोजी रित्तो छ’मा रचना, स्मृति र किरणको स्वर (भिडिओ)

बिदुर खड्काको तीज गीत ‘गोजी रित्तो छ’मा रचना, स्मृति र किरणको स्वर (भिडिओ)

नेपालखबर
साउन ३२, २०८० बिहिबार २०:३१, काठमाडौँ

लोकदोहोरी गायक किरण गौतमले नयाँ गीत बजारमा ल्याएका छन्। काँठे गायनको क्षेत्रमा रुचाइएका गायक गौतमले आफ्नै शब्द र स्वरमा ‘गोजी रित्तो छ’ बोलको गीत सार्वजनिक गरेका हुन्।

उनलाई गायनमा बिदुर खड्का, रचना रिमाल र स्मृति गौतमले साथ दिएका छन्। 

गौतमले आफ्नै युट्युबबाट सार्वजनिक गरेको सो म्युजिक भिडिओमा सञ्जिब ठकुरी, अनु पराजुली, बिदुर खड्का र सञ्चिता बोलखिले अभिनय गरेका छन्। 

गौतमका यसअघि पनि ‘बैनी हो’, ‘साँइली’, ‘काभ्रे जिल्ला मायाको लालकिल्ला’, ‘फूलकमल’ लगायतका काँठ क्षेत्रमा चर्चित गीतहरू सार्वजनिक भइसकेका छन्।

भिडिओः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .