ad ad

कला


एउटै मितिमा ‘चोपेन्द्र’ का दुई चलचित्र आउँदै

एउटै मितिमा ‘चोपेन्द्र’ का दुई चलचित्र आउँदै

नेपालखबर
भदौ ५, २०८० मंगलबार २०:४९, काठमाडौँ

नेपाली चलचित्र ‘बुलबुल’ बाट अभिनयको सुरुवात गरेका अभिनेता मुकुन भुसाल सोही चलचित्रमार्फत ‘चोपेन्द्र’ को उपनामले परिचित बने।

चलचित्रले राष्ट्रिय र अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार (अवार्ड) जितिरहँदा अभिनेता भुसाललाई सम्भावना बोकेको अभिनेताको रुपमा हेरियो। उनले अभिनय गरेको दोस्रो चलचित्र ‘झिङ्गेदाउँ’ व्यावसायिक रुपमा सफल भयो। 

‘पहिलो चलचित्रले मलाई चिनाउँदा दोस्रोले मेरो बजार मूल्याङ्कन गरिदियो। यी दुवै चलचित्रमार्फत म भित्र रहेको विविधतालाई बाहिर ल्याउने प्रयास गरेको थिएँ’, अभिनेता भुसालले भने, ‘रुचिका हिसाबले मलाई कलात्मक चलचित्र नै मन पर्छ। यद्यपि पूर्णरुपमा व्यावसायिक चलचित्रमार्फत धेरै दर्शकसम्म पुग्न सकिन्छ। त्यसैले हामी कलाकारले दुवै चलचित्रमा काम गर्नुपर्छ।’

दुई चलचित्रमार्फत फरकरुपमा सफलता पाएका अभिनेता भुसालले अभिनय गरेको ‘ऐँचो पैँचो’ र ‘गणपति’ दुई चलचित्र एउटै मिति भदौ १४ मा प्रदर्शन हुँदैछ।

दुई चलचित्रमा विषयवस्तु र विधाका हिसाबले फरक भए पनि अभिनेता भुसाल भने समान छन्। 

‘मलाई गाह्रो नभएको त होइन तर, यो व्यावसायिक पाटो भएकाले निर्माताको नै पूर्ण निर्णय हो’, अभिनेता भुसालले भने, ‘एकै दिन दुई चलचित्र प्रदर्शन हुँदा एउटा सफल र अर्को असफल हुँदा मलाई नै घाटा हुन्छ। यद्यपि फरक विधा र विषयले गर्दा दर्शकको मन दुवैले जित्छ भन्ने लागेको छ। यो समयमा दुई चलचित्रभन्दा बढी शुभकामना मलाई चाहिएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .