ad ad

कला


कलाकार सानु ताम्राकारको निधन

कलाकार सानु ताम्राकारको निधन

नेपालखबर
भदौ ९, २०८० शनिबार १७:९, काठमाडौँ

अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ। केही समयअघि छोरा सारुक गुमाएका उनको शनिबार दिउँसो उपचारका क्रममा निधन भएको हो। 

घरमै छोरा मृत फेला परेपछि स्वास्थ्य अवस्था बिग्रिएर उनलाई नर्भिक अस्पताल, थापाथलीमा भर्ना गरिएको थियो। 

उनको शनिबार दिउँसो ३ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। 

साउन दोस्रो साता अस्पताल भर्ना भएका उनको पछिल्लो समय किड्नीमा समस्या देखिएको थियो। 

ताम्राकार तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए। थुप्रै चलचित्रमा काम गरिसकेका ताम्राकारको शास्त्रीय नृत्यमा पनि रुचि थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .