ad ad

कला


इन्गेजमेन्टका लागि टिकटकरद्वय आयुष र एलिजेलाई एमाले अध्यक्ष ओलीको बधाई

इन्गेजमेन्टका लागि टिकटकरद्वय आयुष र एलिजेलाई एमाले अध्यक्ष ओलीको बधाई

फाइल तस्बिर : पाकिस्तानी टिकटकर एलिजे जमाली र नेपाली टिकटकर आयुषसिंह ठकुरी तथा एमाले अध्यक्ष ओली


नेपालखबर
असोज २०, २०८० शनिबार १२:४६, काठमाडौँ

नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर एलिजे जमाली (एलिजे) लाई ‘इन्गेजमेन्ट’ (टीकाटालो) गरेकामा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन्। 

टिकटक लाइभमा जोडिएर प्रेममा परेका आयुष र जमालीबीच गत शुक्रबार मात्रै दुबईमा इन्गेजमेन्ट भएको हो। 

यसरी मायालाई जात, धर्म, देशको सीमा पर्खालले पनि रोक्न नसक्ने उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले यसले मानवबीच एकता र समानताको सन्देश दिने धारणा व्यक्त गरेका छन्। 

‘नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमा आफ्ना आमाबाबुलाई साक्षी राखेर आआफ्नो संस्कृतिअनुसार इन्गेजमेन्ट (टीकाटालो) गरे’, ओलीले उनीहरूको तस्बिरसहित सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ। यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन, समानता खोज्न सिकाउँछ। उनीहरूलाई बधाई छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .