ad ad

कला


काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २७ देशका ५४ फिल्म देखाइने

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २७ देशका ५४ फिल्म देखाइने

नेपालखबर
मंसिर २४, २०८० आइतबार ११:४१, काठमाडौँ

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११ औं संस्करण सुरु भएको छ। 

शनिबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्घाटन गरे। 

महोत्सवको पहिलो दिन सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन गरिएको थियो। मंसिर २६ सम्म हुने महोत्सव नेपाल पर्यटन बोर्ड र चावहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ।

महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरु समावेश गरिएको महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस समेत हुनेछन्। साथै महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि राखिएको छ। त्यस्तै, महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शन हुनेछ। 

मानव अधिकारको संरक्षण, सम्बद्र्धन र प्रवर्धनका लागि फिल्म प्रभावकारी माध्यम बन्ने अध्यक्ष मगरले बताए। साथै मानव अधिकार मैत्री समाज निर्माणको लागि मानव अधिकारको विषयमा फिल्म बन्नु पर्ने उनको तर्क छ। 

मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले मानव अधिकारमैत्री चलचित्र निर्माण हाम्रो अभियानका रुपमा फेस्टिभल आयोजना गर्दैँ आएको बताए। 

‘चलचित्र, भिडियो र कलाका विभिन्न विद्याहरु मानव अधिकार शिक्षा र मावन अधिकासँग सम्बन्धित सवालहरुको उठानमा प्रभावकारी माध्यम बन्न सक्छन् भन्ने विश्वासका मानव अधिकार चलचित्र महोत्सवको आयोजा गर्दै आइरहेका छौं। कलामा आधारित माध्यम विषेशगरी मानव अधिकार र चलचित्रको सम्बन्धमा हामीले आुनव हाम्रो अनुवभ सिकाई, विज्ञतालाई विश्वभर बाँड्ने प्रयास गरेका छौं। हाम्रो मानव अधिकारमैत्री चलचित्र निर्माण हाम्रो एउटा अभियान हो। मावन अधिकार शिक्षाको प्रवद्र्धन तथा मानव अधिकार संस्कृतिको स्थापनामा यस्तै प्रयासहरुले योगदान पुग्ने अपेक्षा सहित क्रियाशिल छौं’, उनले भने।

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेका छन्। 

महोत्सवमा जुरीबाट छनोट भएका उत्कृष्ट पाँच फिल्मलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ। त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .