ad ad

कला


फ्राइडे रिलिज : एक विदेशीसहित एकसाथ यी तीन फिल्म नेपाली हलमा

फ्राइडे रिलिज : एक विदेशीसहित एकसाथ यी तीन फिल्म नेपाली हलमा

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १३:५५, काठमाडौँ

आज शुक्रबार नेपाली हलमा दुई नेपाली र एक भारतीय गरी एकसाथ तीन फिल्म रिलिज भएका छन्।

नेपाली ‘ईश्वर’ र ‘ब्ल्याक छाया’ तथा दक्षिण भारतीय फिल्म ‘रायन’ नेपाली हलमा लागेका हुन्।

राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’ले देशप्रेमको कथा भन्छ। यसै फिल्ममार्फत अनु शाहले ५ वर्षपछि कमब्याक गरेकी हुन्।

यस फिल्ममा अनुसहित सुनील थापा, बुद्धि तामाङ, रवीन्द्र झा, माओत्से गुरुङ र शिशिर बाङ्देलले अभिनय गरेका छन्। 

यस्तै शुक्रबारै रिलिज आरएल लामा मोक्तान निर्देशित ‘ब्ल्याक छाया’ले पारिवारिक, सामाजिक र प्रेमकथा समेटेको छ।

यस फिल्ममा जान्ह्वी बस्नेत, नीर शाह, बुद्धि तामाङ, सलोन बस्नेत, सोभित बस्नेत, रवीन्द्र झा, सुनील थापा लगायतले अभिनय गरेका छन्।

त्यसैगरी साउथ फिल्म ‘रायन’मा नित्य मेनन र प्रकाश राज मुख्य भूमिकामा छन्।

एक्सन जनराको यस फिल्मलाई धनुषले निर्देशन गरेका हुन्। फिल्मले आपराधिक अन्डरवर्ल्ड संसार देखाइएको यो फिल्ममा बदलाको कथा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .