ad ad

कला


दुई दशकपछि गायनमा फर्किए सञ्जय किशोर श्रेष्ठ

दुई दशकपछि गायनमा फर्किए सञ्जय किशोर श्रेष्ठ

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १७:२०, काठमाडौँ

२२ वर्षपछि ‘तिमी जस्तै’ बोलको गीतमार्फत सञ्जय किशोर श्रेष्ठ गायनमा फर्किएका छन्।

‘धेरै भो’,‘रुमाल लुकाई लुकाई खेल्दा’,‘हुदैन कसैको मुटू ढुङ्गाको’ जस्ता गीतमा स्वर दिएका श्रेष्ठले नयाँ गीत ल्याएका हुन्।

उक्त गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत रहेको छ। गीतको भिडिओ पनि जेम्सले नै निर्देशन गरेका हुन्। गीतको भिडिओमा गायक श्रेष्ठ नै देखिएका छन्।

उनी नेपाल आएपछि गायक तथा सङ्गीतकार जेम्स प्रधानसँग भेट भएपछि साङ्गीतिक सहकार्य जुटेको हो।

गीत सार्वजनिक कार्यक्रममा श्रेष्ठले गायनमा फर्किएकोबारे जानकारी दिए।

‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु। जेम्स दाईका कारण यो सम्भव भएको हो। आश छ, पहिला झैँ माया पाउने छु’, श्रेष्ठले भने,‘समय अनुसार आफूलाई परिमार्जित गर्ने कोसिश गरेको छु। आगामी दिनमा पनि समय सापेक्ष गीत सार्वजनिक गर्नेछु।’

सार्वजानिक भिडिओमा जेसिका प्रधानको रङ्ग संयोजन र सम्पादन र श्याम तामाङको छायाङ्कन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .