ad ad

कला


प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

प्रहरी प्रवक्ताले ल्याए प्रहरीको पीडा पोखिएको गीत

नेपालखबर
भदौ २२, २०८१ शनिबार १९:९, काठमाडौँ

नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले लेखेको नयाँ गीत 'फूलको वासना सरी' सार्वजनिक भएको छ। प्रहरीको पीडा र भावना मुखरित गरिएको यो गीतमा चर्चित संगीतकार दीपक शर्माले संगीत भरेका छन्। 

गीतमा चारजना चर्चित गायक गायिकाको स्वर रहेको छ। गायक राजेशपायल राई सहित मेलिना राई बेनिसा पौडेल र समीर खरेलको स्वर रहेको छ। गीतको भिडियोमा चारजना कलाकारहरुले प्रहरीको भूमिकामा अभिनय गरेका छन्।रमेश उप्रेती, रमेश उप्रेती प्रियंका कार्की, प्रकाश सपुत र बेनिसा हमाललाई भिडियोमा प्रहरीको भूमिकामा देख्न सकिन्छ। 

त्यस्तै, गीतको भिडियो निर्देशन पछिल्लो समयका व्यस्त निर्देशक गम्भीर बिष्टले गरेका छन्। गीतको स्टोरी र भिडियो कन्सेप्ट भने सरोज ओलीको रहेको छ। श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यो गीतको भिडियोमा  पवन सुसलिङको सम्पादन तथा छायांकन रहेको छ।

'यो गीतमा हिमालको टुप्पोदेखि तराईको गर्मीसम्म जनताको सेवा र सुरक्षार्थ खटिने नेपाल प्रहरीको अव्यक्त भावना व्यक्त गरिएको छ,' 'गीतका गीतकार एवं प्रहरी प्रवक्ता कार्की भन्छन्, 'यो गीतमा प्रहरीका दुःखहरू पनि छन्, नागरिकप्रति खटिने चाहनाहरू छन्, राष्ट्र र राष्ट्रियताप्रतिको अटल प्रयत्न पनि प्रस्तुत गर्न खोजिएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .