ad ad

कला


अर्जुन कपुरको प्रेम: पहिले सलमानकी बहिनीसँग, अहिले उनकै पूर्वभाउजूसँग

अर्जुन कपुरको प्रेम: पहिले सलमानकी बहिनीसँग, अहिले उनकै पूर्वभाउजूसँग

नेपालखबर
फागुन २९, २०८० मंगलबार १४:४८, काठमाडौँ

बलिउड अभिनेता अर्जुन कपुर लामो समयदेखि अभिनेत्री मलाइका अरोरासँग डेट गरिरहेका छन्। अर्जुन कपूर आफ्नी प्रेमिका मलाइका अरोराभन्दा १२ वर्ष कान्छा छन्। तर, उनीहरुको जोडीलाई निकै रुचाइएको छ। यो जोडी आफ्ना रमाइला तस्बिर र भिडिओका कारण सामाजिक सञ्जालमा भाइरल छ। 

मलाइका अरोरा र अर्जुन कपुरको सम्बन्ध
केही समयअघि मलाइका अरोरा र अर्जुन कपुरबीच ब्रेकअप भएको खबर पनि बाहिरिएको थियो। तर, पछि यो अफवाह साबित भयो। अहिले उनीहरूका फ्यान उनीहरूको विवाहको प्रतीक्षामा छन्। मलाइका अरोराले सलमान खानका भाइ अरबाज खानसँग डिभोर्स गरेपछि अर्जुन कपुरसँग डेट गर्न थालेकी हुन्। अर्जुन कपुर र सलमान खानबीच पनि गहिरो सम्बन्ध छ।

अर्पिता खानलाई डेट गर्थे अर्जुन कपुर 

मिडिया रिपोर्टको विश्वास गर्ने हो भने कुनै समय अर्जुन कपुर बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिता खानसँग डेट गर्थे। दुवैले करिब ३ वर्ष एकअर्कालाई डेट गरे तर पछि ब्रेकअप भयो। आफ्नो पुरानो अन्तर्वार्तामा अर्जुन कपुरले अर्पिता खानसँगको सम्बन्ध र ब्रेकअपबारे खुलेर कुरा गरेका थिए। 

‘१८ वर्षकै उमेरमा अर्पितासँग प्रेममा परेँ’ 
अर्जुन कपुरले सन् २०१२ मा नायकका रूपमा बलिउडमा प्रवेश गरेका थिए। अभिनेता बन्नुअघि नै उनी अर्पिता खानसँग डेट गरिरहेका थिए। आफ्नो अन्तर्वार्तामा अर्जुन कपुरले अर्पितालाई आफ्नो पहिलो प्रेम भनेका थिए। अर्जुन कपुरले भनेका थिए, ‘जब मैले अर्पितालाई डेट गर्न थालेँ, म १८ वर्षको मात्र थिएँ। त्यतिबेला मेरो तौल लगभग १४० किलो थियो।

‘अर्पिता खान र म गहिरो सम्बन्धमा थियौँ’
बम्बे टाइम्सलाई दिएको आफ्नो पुरानो अन्तर्वार्तामा अर्जुन कपूरले भनेका थिए- अर्पिता खान र म गहिरो सम्बन्धमा थियौँ। त्यतिबेला म १८ वर्षको थिएँ र म सलमान भाइसँग धेरै नजिक थिएँ। जतिबेला भाइजानको फिल्म ‘मैने प्यार क्यूँ किया’ को सुटिङ चलिरहेको थियो। त्यही बेला अर्पितासँग भेट भयो र हाम्रो अफेयर सुरु भयो। परिवारलाई सबै कुरा भनिसकेको थिएँ। सबैले राम्रो व्यवहार गरिरहेका थिए।

अर्पिता खानले अर्जुन कपुरसँग गरेकी थिइन् ब्रेकअप
अर्पिता खानसँगको ब्रेकअपबारे कुरा गर्दै अर्जुन कपुरले भनेका थिए– म सलमान खानको फिल्म ‘सलाम–ए–इश्क’ मा सहायक निर्देशकका रूपमा काम गरिरहेको थिएँ। मेरो एउटी प्रेमिका पनि थिइन्। त्यसबेला मलाई लाग्यो कि मेरो जीवन सेट भयो। तर अचानक हाम्रो ब्रेकअप भयो।

अर्पितासँग ब्रेकअपपछि पीडामा परे अर्जुन
अर्जुन कपुरले थप भने, ‘अर्पितासँग ब्रेकअप हुँदा म २२ वर्षको थिएँ। एकदिन अचानक अर्पिता मकहाँ आइन् र मलाई टाढा हुन भनिन्। उनले मसँग अचानक ब्रेकअप गरिन्। मेरो मन नराम्रोसँग भाँचियो। अब के हुन्छ र मेरो भविष्य के हुन्छ भन्ने अन्योलमा थिएँ म। तर, ब्रेकअपपछि पनि मैले सलमान भाइलाई भेट्ने गर्थे र उहाँ मेरा लागि जेठो दाजु जस्तै हुनुहुन्थ्यो।

‘ब्रेकअपपछि आफूलाई सम्हालेँ’ 
अर्जुन कपूरले भनेका थिए– अर्पिता खानसँग ब्रेकअपपछि म निकै पीडामा परेको थिएँ। मेरो बढेको तौल र फुलेको शरीर देखेर मानिसहरू मबाट टाढा जान थालेको महसुस गर्न थालेको थिएँ। यस्तो अवस्थामा ब्रेकअपपछि मैले आफ्नो फिटनेसमा ध्यान दिएँ र आफ्नो जीवनशैली बदलेँ। अनि बलिउडमा डेब्यु गर्ने तयारीमा लागेँ। त्यसपछि बिस्तारै जीवनमा अगाडि बढ्दै गएँ। भारतीय सञ्चारमाध्यमबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .