ad ad

कला


प्रदर्शनरत फिल्म ‘रङ्गेली’ को ‘फूल ओइलिएर’ गीत सार्वजनिक

प्रदर्शनरत फिल्म ‘रङ्गेली’ को ‘फूल ओइलिएर’ गीत सार्वजनिक

नेपालखबर
चैत १, २०८० बिहिबार १५:३९, काठमाडौँ

गत शुक्रवारदेखि रिलिज भएको फिल्म ‘रङ्गेली’ मा समावेश ‘फूल ओइलिए’ गीत सार्वजनिक भएको छ।

सार्वजनिक यस गीतमा सुशान्त संगीत र स्वर सुन्न सकिन्छ। गीतको शब्द भने यसै फिल्मका निर्देशक अर्जुन सुवेदीले शब्द लेखेका छन्।

शुक्रवारबाट रिलिज भएको यस फिल्मले सिनेमाहलमा दर्शकहरुको राम्रो साथ पाइरहेको छ। माउथ पब्लिसिटीका कारण दर्शकको सङ्ख्या बढिरहेको देखिएको छ।

बुधवार दिउसोका शो हरू सन्तोसजनक र साँझका शो हरू हाउसफुल थिए। दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो।

अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा देखिएका छन्। चलचित्रको क्लाइमेक्समा आउने अभिनेता आर्यन सिग्देलको दमदार लुक्स र अभिनयको तारिफ भइरहेको छ।

यस फिल्ममा दयाहाङ र मिरुनाको साथै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .