कला


कुश्मामा हुँदै छ ‘मिस्टर एन्ड मिस नेसनल’ को सब-टाइटल राउन्ड

कुश्मामा हुँदै छ ‘मिस्टर एन्ड मिस नेसनल’ को सब-टाइटल राउन्ड

नेपालखबर
बैशाख १०, २०८१ सोमबार २०:५९, काठमाडौँ

‘मिस्टर एण्ड मिस नेसनल २०२४’ को सबटाइटल राउन्ड काठमाडौंबाहिर आयोजना हुने भएको छ। भोलि यस प्रतियोगिताको ट्यालेन्ट राउन्ड र स्विम वेयर राउन्ड पर्वतको कुश्मामा हार्नेस् जिपलाइन एन्ड एडभेन्चर रिसोर्टमा सञ्चालन हुँदै छ।

यी राउन्डमा अन्तिम ३० प्रतिस्पर्धीले आफ्नो प्रस्तुति दिनेछन्। जसबाट सबटाइटल विजेता छनोट हुनेछन्। तर, विजेताको नाम भने फिनालेमा मात्र घोषणा गरिनेछ। यस इभेन्टका लागि प्रतियोगीहरू कुश्मामा पुगिसकेका छन्।

प्रतियोगिताको थप विस्तारका लागि पहिलोपटक उपत्यकाबाहिर कार्यक्रम गर्न लागिएको सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बताए।

‘हामीले २ सबटाइटल राउन्ड भोलि कुश्मामा गर्दे छौँ। यसले देशका विभिन्न ठाउँहरूलाई संसारमाझ चिनाउन र गाउँठाउँमा पनि यस्ता प्रतियोगिताको विस्तार गर्न पुलको काम गर्नेछ,’ उनले भने।

साथै यस्ता कार्यक्रमले स्थानीय क्षेत्रको पर्यटनमा पनि टेवा पुर्‍याउने उनको भनाइ छ। भन्छन्, ‘कुश्मा पोखराबाट निकै नजिक प्रचुर सम्भावना बोकेको ठाउँ हो। यहाँका युवा उद्यमीले पहल गर्नुभयो। उहाँहरूको लगानी र सरकारको राजस्वमा उल्लेख्य वृद्धि गराउनका लागि यस्ता कार्यक्रमको आवश्यकता छ। यसै क्षेत्रमा थप आकर्षक कार्यक्रम ल्याउने योजना छ।’

यसपछि टप मोडल राउन्ड र एलिगेन्स राउन्ड ललितपुरको पाटन दरबार संग्रहालयमा गरिनेछ। फिनाले भने वैशाख १९ मा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। 

विजेताहरूलाई ५ लाख रूपैयाँसम्मका गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एन्ड मिस सुप्रा नेसनल नेपाललाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाललाई थाइल्यान्ड, मिस ग्लोब नेपाललाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाललाई इजिप्ट पठाइनेछ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .