कला


‘पुजार सार्की’ को प्रदर्शनमा जापान जाँदै पल शाह

‘पुजार सार्की’ को प्रदर्शनमा जापान जाँदै पल शाह

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार २०:१९, काठमाडौँ

दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ जापानमा पनि प्रदर्शन हुँदैछ। जेठ १३ गते (मे २६) मा टोकियोस्थित नाकानो जेरो हलमा हुने प्रदर्शनीमा फिल्मका मुख्य कलाकारमध्ये एक पल शाह सहभागी हुने कार्यक्रम रहेको छ ।

जापान प्रदर्शनको अधिकार पाएका खिम राज शाहले पल कार्यक्रममा उपस्थित हुने जानकारी दिएका हुन्। पलसहित आर्यन सिग्देल र प्रदीप खड्का स्टारर यो फिल्म जापानभर प्रदर्शन गर्न लागिएको हो ।

यो फिल्म टोकियोसहित जापानका झण्डै ३ दर्जन सहरहरुमा लाग्ने खिमराज शाहको दाबी छ। शाहका अनुसार टोकियोसहित जापानका सबै प्रमुख २ दर्जन सहरहरुमा प्रदर्शन तय भइसकेको छ। एक दर्जन भन्दा बढि स्थानहरुमा छिट्टैनै प्रदर्शन मिति सार्वजनिक गरिनेछ।

विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्। आर्यन, प्रदीप र पलसहित फिल्ममा अन्जना बराइली र पतिक्षा लिम्बु मुख्य भूमिकामा छन्। यो फिल्म आगामी जेठ १० गतेबाट नेपालसहित विश्वभर रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .