ad ad

कला


दुई विदेशी फिल्मसहित हलमा लागे ‘दान्भी’ र ‘आचार्य’

दुई विदेशी फिल्मसहित हलमा लागे ‘दान्भी’ र ‘आचार्य’

नेपालखबर
असार ७, २०८१ शुक्रबार १२:६, काठमाडौँ

शुक्रबार नेपाली हलमा दुई विदेशीसहित दुई स्वदेशी फिल्म प्रदर्शनमा आएका छन्। 

नेपालीतर्फ एक्सन फिल्म ‘दान्भी’ र बायोपिक फिल्म ‘आचार्य’ रिलिज भएका छन्। त्यस्तै, हलिउड ‘द एक्सीसिजम’ र बलिउड फिल्म ‘इश्क विश्क रीबाउन्ड’ हलमा लागे। 

रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजा शर्माले पहिलोपटक एक्सन चरित्र निर्वाह गरेकी छन्। यस फिल्ममा पूजासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायतले अभिनय गरेका छन्।

फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन्। रविना थापा मगरको कथा रहेको फिल्ममा सन्जोग राणाको पटकथा तथा संवाद छ।

त्यसैगरि, ‘आचार्य’ भजन शिरोमणी भक्तराज आचार्यको बायोपिक फिल्म हो। यो फिल्म प्रदर्शनको १३ वर्षपछि पुनस् हलमा रिलिज भएको हो। फिल्ममा भक्तराजको भूमिकामा उनका जेठा छोरा सत्यराज आचार्य देखिएका छन्।

साथै अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायका अभिनय छ। रोशन राई निर्माता रहेको फिल्मलाई प्रशान्त रसाईलीको निर्देशनमा तयार भएको हो। यस फिल्मलाइ देवजंग थापाले पुनस् सम्पादन गरेका हुन्।

हलिउड फिल्म ‘द एक्सीसिजम’ हरर र थ्रिलर जनरामा निर्माण भएको हो। जोशुआ जोन मिलर निर्देशित यस फिल्ममा रसेल क्रो, रायन सिम्पकिन्स, सैम वर्थिंगटन र क्लो बेली मुख्य भूमिकामा छन्। 

त्यस्तै, कमेडी ड्रामा ‘इश्क विश्क रीबाउन्ड’ निपुन धर्माधिकारीको निर्देशनमा बनेको हो। यो फिल्म सन् २००३ मा रिलिज भएको ‘इश्क विश्क’ को सिक्वेल हो। यसै फिल्मबाट शाहिद कपुरले डेब्यु गरेका थिए। 

सिक्वेलमा रोहित सरार्फ, नैला ग्रेवाल, जिव्ररान खान, पश्मिना रोशन आशिष सिंह लगायतले डेब्यु गर्नेछन्। साथै शाहिदको पनि केमियो रोल रहेको छ। यस फिल्मले मित्रता, प्रेम र आत्म(खोजको जालमा बाँधिएका चार युवाहरूको जीवनलाई पछ्याउँछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .