ad ad

कला


सेन्सर प्रक्रिया पूरा नहुँदा रोकियो ‘आचार्य’ को प्रदर्शन

सेन्सर प्रक्रिया पूरा नहुँदा रोकियो ‘आचार्य’ को प्रदर्शन

नेपालखबर
असार १३, २०८१ बिहिबार १४:२९, काठमाडौँ

भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ को प्रदर्शन रोकिएको छ। फिल्मले सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै चलचित्र विकास बोर्डले रिलिज रोकेको हो।

यो फिल्म गतसाताबाट १३ वर्षपछि सिनेमाहलमा पुनः रिलिज भएको थियो। तर, बोर्डले एकसातापछि मात्रै फिल्मको रिलिज रोकेको छ।

फिल्म रिलिज गनुअघि बोर्डबाट सिफारिस लिएर केन्द्रीय चलचित्र जाँच समितिबाट सेन्सर पास गरिन्छ। जुन फिल्मलाई दश वर्षसम्म प्रदर्शनको अनुमति दिइन्छ।

तर, आचार्यले सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनअनुसार अनुगमन गरेर शुक्रबारबाट प्रदर्शन रोकेको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए।

‘फिल्म सेन्सर हुँदा दश वर्षसम्म प्रदर्शन गर्न मिल्छ। तर, फिल्ममा दृश्यहरु थपघट गरेको खण्डमा पुनः सेन्सर गरेर रिलिज गर्नुपर्छ,’उनले भने, ‘आचार्यले सेन्सरको प्रक्रिया पूरा नगरेको पाइयो।

मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले हामीलाई सोधेको थियो। सोहीअनुसार बोर्डको अनुगमन गर्दा रिलिज भइरहेको थियो। जसकारण आजबाट प्रदर्शन रोकेका हौँ।’

फिल्ममा भक्तराजको भूमिकामा उनका जेठा छोरा सत्यराज आचार्य देखिएका छन्। साथै अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायको अभिनय छ।

रोशन राई निर्माता रहेको फिल्म प्रशान्त रसाईलीको निर्देशनमा तयार भएको हो। यस फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .