दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘घरज्वाइँ’ को ट्रेलर सार्वजनिक भएको छ।
मन पराएकी युवतीसँग बिहे गर्न घरज्वाइँ बन्नुपर्ने बाध्यतामा परेको कथालाई ट्रेलरमा देखाइएको छ।
दयाहाङ र मिरुनाको प्रेममा आएको आरोहअवरोह र आफ्नो प्रेम पाउन दयाले घरज्वाइँ बस्नुपरेको परिस्थिति र संघर्षलाई ट्रेलरमा देखाइएको छ।
अनिल बुढा मगरको कथा र निर्देशन रहेको फिल्ममा मगर संस्कृतिमा आधारित छ।
जनक घर्ती मगर निर्माता रहेको फिल्ममा अनिलसहित विनोद खतिवडा र सुभास कोइरालाको पटकथा छ।
बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, खबपु पुन, बिबेश बुढा मगर र सुनिल मगर लगायतको फिल्ममा अभिनय छ।
सुसन प्रजापतिले खिँचेको फिल्मको छायाङ्कन पुर्वी रुकुम र तकसेरा ठाउँहरुमा गरिएको हो। यो फिल्म आगामी असार २८ गतेबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया