ad ad

कला


स्थापनाको २४ वर्षपछि चलचित्र विकास बोर्डले पायो नयाँ लोगो

स्थापनाको २४ वर्षपछि चलचित्र विकास बोर्डले पायो नयाँ लोगो

नेपालखबर
असार १७, २०८१ सोमबार १७:५८, काठमाडौँ

स्थापनाको २४ वर्षपछि चलचित्र विकास बोर्डले नयाँ लोगो पाएको छ।

आइतबार आयोजित बोर्डको वार्षिकोत्सव समारोहमा विकास बोर्डको नयाँ लोगो सार्वजनिक गरिएको हो।

संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरिन्।

लोगोमा नेपाली फिल्मको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिजदेखि डिजिटल सम्मको प्रविधि र नेपाली मौलिकतालाई समेटिएको लोगो निर्माणका परिकल्पनाकार केएल वुढाथोकीले जानकारी दिए।

यो लोगोलाई राधेश्याम मुल्मीले तयार पारेका हुन्।

बोर्डले यसअघि नेपाल सरकारको लोगो नै प्रयोग गर्दै आएको थियो। साथै बोर्डले आफ्नो नयाँ नारा पनि तय गरेको छ।

‘बुद्धको ज्ञान सगरमाथाको शान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ भन्ने नारा बोर्डले तय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .