ad ad

कला


डकुड्रामा ‘हामी छौँ’ को पोस्टरमा सलिना र आर्यन फिचर्ड

डकुड्रामा ‘हामी छौँ’ को पोस्टरमा सलिना र आर्यन फिचर्ड

नेपालखबर
असार १९, २०८१ बुधबार १३:२१, काठमाडौँ

सलोन सलिना फिल्सम्को प्रस्तुतीमा बनेको डकुड्रामा ‘हामी छौं’ को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक दुइ पोस्टरमा प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन्।
 

पहिलो पोस्टरमा सलिना र आर्यन एक खोलामा प्रफुल्लित मुद्रामा देख्न सकिन्छ। 

अर्को पोस्टरमा सलिना र आर्यनलाई मोटरसाइकलको अगाडि बसेको र त्यसकै छेउमा रोपाईमा रमाएको देख्न सकिन्छ। पोस्टरमा डकुड्रामामा खिचिएका दृश्यहरुको स्टिल तस्विरलाई समेत स्थान दिइएको छ। 

गाम्रीण जनजीवनलाई ड्रामामा समेट्न खोजेको पोस्टरबाट बुझ्न सकिन्छ। रामजी राउत निर्देशित यो यो डकुड्रामा ७ एपिसोडको हुनेछ।

आगामी दशैंमा ओटिटी रिलिज डकुड्रामामा त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल,  गणेश बुढाथोकीलगायतको अभिनय रहेको छ।

देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको प्रस्तुतकर्ता शोभित बस्नेतले बताए। यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको छ। 

सुशील देवकोटाको लेखन रहेको डकुड्रामालाई सौरभ लामाले खिँचिरहेका छन्। डकुड्रामा अष्ट्रेलियासहित नेपालको वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जामा खिचिनेछ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .