ad ad

कला


पहिलो पटक युरोपका देशमा प्रस्तुती दिँदै धुर्मुस-सुन्तली

पहिलो पटक युरोपका देशमा प्रस्तुती दिँदै धुर्मुस-सुन्तली

नेपालखबर
असार २१, २०८१ शुक्रबार १३:२१, काठमाडौँ

कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले पहिलोपटक युरोपका विभिन्न देशमा प्रस्तुती दिने भएका छन्। 

आफ्नो कलाकारिताको यात्रामा अमेरिका लगायतका देशमा पुगेपनि उनीहरु अहिलेसम्म युरोपका देशमा पुगेका थिएनन्। 

उनीहरुले अब पहिलोपटक युरोपका झण्डै दर्जन देशमा रहेका नेपाली दर्शकलाई हँसाउँने अवसर पाएका हुन्। ‘धुर्मुस् सुन्तली साँझ’ कार्यक्रम अन्तर्गत पहिलो प्रस्तुती जुलाई ८ मा फिनल्याण्डमा गरिने आयोजक संस्था चौतारी इभेन्ट्सले जनाएको छ। 

यस्तै दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा हुनेछ। यस्तै अगस्ट ३ मा क्रोएसिया, अगस्ट ५ मा बेल्जियममा कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएका छन्।

साथै माल्टा, स्पेन, पोल्याण्ड, जर्मनी, अस्ट्रिया, डेनमार्क लगायतका देशहरुमा कार्यक्रममा आयोजना हुनेछन्। धुर्मुस् सुन्तलीको साथमा गायक बिष्णु खत्री, तुलसी शिवाकोटीको पनि प्रस्तुती रहनेछ।

कलाकार धुर्मुस सुन्तली पहिलोपटक युरोपको कार्यक्रममा निस्किने तयारीमा छन्। उनीहरुले विदेशको कार्यक्रम ५ वर्षपछि बनाएका हुन्। 

‘युरोपमा रहेका नेपालीलाई भेट्न पाउँदा खुसी लागेको छ। धेरैपछि विदेशी भूमिमा रहेर विभिन्न कर्म गर्नुहुने नेपाली दर्शकलाई प्रस्तुती देखाउने तयारी गर्न पाउँदा निकै खुसी छौँ,’ कलाकार धुर्मुसले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .