ad ad

कला


कर्णालीको कथामा आधारित म्युजिकल फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’

कर्णालीको कथामा आधारित म्युजिकल फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’

नेपालखबर
असार १९, २०८१ बुधबार २१:१०, काठमाडौँ

कर्णालीको कथामा आधारित म्युजिकल फिल्म ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ।

जुम्लामा विभिन्न स्थानमा सुटिङ गरिएको यस म्युजिकल फिल्मले आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य युवाहरुको पिडालाई कथामा ढालिएको छ। साथै कर्णाली र सुदूरपश्चिमका कसरी सडक र संचार सुविधाबाट बञ्चित छन् भन्ने कुरालाई प्रस्तुत गरिएको छ।

यस म्युजिक फिल्मलाई सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेका हुन्। सौरभ लामिछानेको खिचेको भिडियोमा ‘प्रकाश’ अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बलको अभिनय छ।

योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भुमिका निवार्ह गरेकी छन्। जो परदेशीयका श्रीमानको प्रतिक्षामा छिन्।

रतन देवकोटाले लेखेको गीतको म्युजिक कम्पोज चक्र बमले गरेका हुन्। उनी यस फिल्मका एसिस्टेन्ट निर्देशक तथा गायक पनि हुन्। उनलाई यो गीत गायनमा रचना रिमालले साथ दिएकी छन्। गीतमा समावेश ठाडी भाकामा बरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन्। यस गीतका संगीत निर्माता कोविद बज्र हुन्।

यो गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन्। पत्रकार टिकाराम यात्रीले सञ्चालन गरेको कार्यक्रममा जुम्लाका सांसद तथा राप्रपा नेता ज्ञानेन्द्र शाही प्रमुख अतिथिको रुपमा उपस्थित थिए।

भिडियो :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .