ad ad

कला


रितेश देशमुख डेब्यु वेब सिरिज ‘पिल’ कहिले हुँदैछ रिलिज?

रितेश देशमुख डेब्यु वेब सिरिज ‘पिल’ कहिले हुँदैछ रिलिज?

नेपालखबर
असार २४, २०८१ सोमबार १५:७, काठमाडौँ

बलिउड अभिनेता रितेश देशमुखले सन् २००३ मा ‘तुझे मेरी कसम’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। प्रायःजसो कमेडी अवतारका देखिएका उनले ‘एक भिलेन’ मा खलनायकको भूमिका खेलेर दर्शकलाई प्रभावित बनाएका थिए।

हाल उनी आफ्नो पहिलो ओटीटी सिरिज ‘पिल’ को लागि चर्चामा छन्। हिन्दी र मराठी सफल फिल्म दिएका उनी यसै सिरिजबाट ओटीटीमा डेब्यु गर्न लागेका हुन्।

यस फिल्ममा उनी मेडिकल अफिसरको भूमिकामा देखिनेछन्। ओटीटीमा डेब्यु गर्न लागेका उनले ठूलो पर्दा डेब्यू र ओटीटीबीचको भिन्नताको बारे खुलासा गरे।

एक अन्तर्वार्ताका क्रममा रितेश देशमुखले आफ्नो डेब्यू फिल्मको अनुभव सम्झिँदै आफूलाई त्यतिखेर केही थाहा नभएको बताए। तर, पहिलेको तुलनामा अहिले आफ्नो काममा राम्रो भएको र चलचित्र निर्माणसँग सम्बन्धित हरेक पक्षलाई गहिरिएर बुझेको उनले बताए।

ओटीटी डेब्युबारे उनले भने, ‘लामो समयदेखि ओटीटीको संसारमा प्रवेश गर्न इच्छुक थिए, तर आफूले सही स्क्रिप्ट र विषय पाएको थिएन। यद्यपि, जब निर्देशक राजकुमार गुप्ता र निर्माता रोनी स्क्रूवालाले पिल अफर गरे। तब मैले यो उनको लागि सबैभन्दा राम्रो अवसर हो भन्ने महसुस गरे।’

उनले अराजकतामाथि गहिरो प्रहार गर्ने ‘पिल’ शो भएको बताए। यो सिरिज १२ जुलाईबाट ओटीटी प्लेटफर्म जियो सिनेमामा स्ट्रिमिङ हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .