ad ad

कला


हलिउडको पुरानो कम्पनी प्यारामाउन्टले गर्‍यो २८ अर्ब डलरको मर्जर सम्झौता

हलिउडको पुरानो कम्पनी प्यारामाउन्टले गर्‍यो २८ अर्ब डलरको मर्जर सम्झौता

८ महिना लामो छलफलपछि मर्जरसम्बन्धी सम्झौता भएको हो।


नेपालखबर
असार २४, २०८१ सोमबार १५:८, काठमाडौँ

हलिउडको पुरानामध्येको एक प्यारामाउन्ट ग्लोबल कम्पनीले स्काईडान्स मिडियासँग गाभिने सम्झौता गरेको छ। 

सम्झौताअनुसार प्यारामाउन्टको गैरकार्यकारी प्रमुख शारी रेडस्टोनले कम्पनीमा रहेको आफ्नो परिवारको सेयर स्वामित्व बिक्री गर्नेछिन् भने त्यो एउटा २८ अर्ब डलरको नयाँ कम्पनीमा रुपान्तरण हुनेछ। 

यसले रेडस्टोन परिवारको लागि एक युगको अन्त्य हुनेछ। प्यारामाउन्टमा टेलिभिजन नेटवर्क पनि छन्। सीबीएस, कमेडी सेन्ट्रल, निकेलोडेन र एमटीभी यहीअन्तर्गतका टेलिभिजनहरु हुन्। 

‘हाम्रो आशा भनेको अब स्काईडान्सले प्यारामाउन्टको निरन्तरको विरासतलाई थप सशक्त पार्नेछ भन्ने हो’, रेडस्टोनले एक वक्तव्यमा भनेकी छिन्। 

कम्पनीका अनुसार यसका टिभी च्यानलका मात्रै विश्वका १८० भन्दा बढी देशमा ४ अर्ब ३० करोड बढी सब्सक्राइबर छन्। 

मर्जरले प्यारामाउन्टलाई चाइनाटाउन र ब्रेकफास्ट एट टिफानीजस्ता पुराना फिल्मको घरमा समायोजना गराउनेछ। सम्झौताअनुसार स्काईडान्सले ८ अर्ब डलर प्यारामाउन्टमा लगानी गर्नेछ। यसअन्तर्गत नेशनल अम्युजमेन्टमा २.४ अर्ब डलर पनि पर्नेछ। 

नेशनल अम्युजमेन्टले प्यारामाउन्ट ग्रुपको १० प्रतिशत सेयर स्वामित्व लिएको छ तर आफ्नो भोटिङ राइट्सको ८० प्रतिशत स्वामित्व पनि नेशनलसँगै छ। 

यो प्रस्तावित सम्झौता अर्को वर्षको समरसम्म पूरा हुने अपेक्षा गरिएको छ। 

प्यारामाउन्ट ग्लोबलको इतिहास सय वर्ष पुरानो छ। सन् १९१४ मा प्यारामाउन्ट पिक्चर्स कर्पोरेसनको रुपमा यसको स्थापना भएको थियो। यो स्टुडियोले धेरै हिटफिल्महरु गड फादर, स्टार ट्रेक र मिसन : इम्पोसिबल शृंखलाहरु उत्पादन  गरेको छ। 

पछिल्लो दशकमा भने यसले व्यवसायमा निकै संघर्ष गर्नुपरेको छ। पछिल्लो ५ वर्षमा मात्रै प्यारामाउन्ट ग्लोबलको सेयरमा ७५ प्रतिशतले गिरावट आइसकेको छ। 

यता स्काईडान्सको स्वामित्व डेभिड एलिसनसँग छ। उनी प्रविधि कम्पनी ओरेकल स्थापना गरेका ल्यारी एलिसनका छोरा हुन्। 

८ महिना लामो छलफलपछि मर्जरसम्बन्धी सम्झौता भएको हो। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .