अजय देवगन स्टारर बलिउड फिल्म ‘और मे कहाँ दम था’ ले बक्सअफिसमा कमजोर छ। यस फिल्मले पाँच दिनमा नेट ८ करोड ६५ लाख भारतीय रुपैयाँ कमाएको हो।
गत शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन १ करोड ८५ लाख भारुको ओपनिङ गरेको थियो। त्यसैगरी शनिबार फिल्मले २ करोड १५ लाख भारु कमाएको थियो।
आइतबार बिदाको दिन फिल्मले २ करोड ७५ लाख कलेक्सन गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सोमबार १ करोड कमाएको यस फिल्मले मंगलबार भने ९० लाख मात्रै कमाई गरेको छ।
बक्सअफिसमा खासै कमाल गर्न नसक्दा यस फिल्मले एकसातामा १० करोडको मात्रै आंकडा पार गर्ने देखिन्छ। अजयसहित तब्बु मुख्य भूमिकामा रहेको यस फिल्मको समीक्षा र माउथ पब्लिसिटी राम्रो छैन।
एक सय करोड भारुमा बनेको लगानी उठाउन सक्ने अवस्था छैन।
नीरज पाण्डे निर्देशित यो फिल्म एक्सन, रोमान्स ड्रामा जनरामा बनेको हो।
यस फिल्ममा अजय र तब्बुसहित जिमी शेरगिल, सई मांजरेकर र शान्तनु महेश्वरी मुख्य भूमिकामा छन्।
Shares
प्रतिक्रिया