ad ad

कला


माधव कुमार नेपाललाई समेट्दै ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक

माधव कुमार नेपाललाई समेट्दै ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक

नेपालखबर
साउन २३, २०८१ बुधबार १३:३३, काठमाडौँ

पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई समेट्दै फिल्म ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। फिल्मका मुख्य कलाकारसहित नेपाललाई पोस्टरमा राम्रो स्थान दिइएको छ। 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहितको पोस्टर सार्वजनिक गर्दैं फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो। जुन पोस्टरमा नेपाल भने अटाउन सकेका थिएनन्। रमित ढुंगाना निर्देशित यो फिल्म आगामी भदौ ७ गतेबाट रिलिज हुँदैछ। 

सत्य घटनामा आधारित यो फिल्म देश नेपाल भित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको वास्तविक घट्नामा आधारित रहेर निर्माण गरिएको ढुंगानाले जानकारी दिए। 

यस फिल्ममा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, माओवादीका सांसद देवेन्द्र पाण्डे पनि विशेष भूमिकामा छन्।

रमितनै निर्माता रहेको फिल्मको कथा शिवम् अधिकारी लेखेका हुन्। यस फिल्ममा पर्साकी तेजाव पीडित मुस्कान खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाल लगायतको अभिनय छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .